१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसबारे स्पष्टता माग गरेको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गरिने भन्दै नेपालले पनि भारतको केही भूमि मिचेको बुझिएको बताएका थिए।
उक्त अभिव्यक्तिपछि कांग्रेसले गम्भीर विषय भन्दै तथ्य सार्वजनिक गर्न वा गलत भए संसदीय रेकर्डबाट हटाउन माग गरेको छ।
कांग्रेसकी प्रमुख सचेतक वासना थापा ले प्रधानमन्त्रीको भनाइको आधार र प्रमाण तत्काल स्पष्ट गर्न आग्रह गर्दै यो विषय संवेदनशील भएको बताएकी छन्।





