१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सीमा विवादसम्बन्धी अभिव्यक्तिका विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्मा माफी माग्नुपर्ने अडान पुनः दोहोर्याएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील विषयसँग जोडिएको भन्दै माफी नमागेसम्म संसद् सहज रूपमा चल्न नदिने चेतावनी दिए।
प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षी दलहरूले माग गर्दै आएका छन्। तथ्य पुष्टि गर्न नसके माफी माग्नुपर्ने विपक्षीको अडान रहेको छ। यद्यपि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भने उक्त मागमा सहमत देखिएको छैन।





