राजनीति

संसद्‌बाट प्रधानमन्त्रीले ‘राष्ट्रघाती’ अभिव्यक्ति दिए – ओली

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने विषयमा दिएको अभिव्यक्तिलाई “असत्य र राष्ट्रघाती” भन्दै कडा आलोचना गरे।

उनले संसद्मा कुनै पूर्वनिर्धारित कार्यसूची नभएको अवस्थामा अचानक यस्तो विषय उठाउनुको उद्देश्यबारे पनि प्रश्न उठाए। ओलीका अनुसार उक्त अभिव्यक्ति “जनतालाई हेप्ने” र “राजनीतिक बचपना” झल्काउने प्रकारको थियो।

ओलीले प्रधानमन्त्रीको यस्तो व्यवहार अस्वीकार्य भएको भन्दै संसद्को गरिमा विपरीत काम भएको टिप्पणीसमेत गरे।