समाचार

रास्वपा नवलपुरको सभापतिमा भण्डारी निर्वाचित

२६ जेठ, नवलपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला समितिको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित भएका छन् ।

आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी गोकुल सापकोटालाई तीन मतले पराजित गर्दै भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको निर्वाचनमा सभापतिका लागि तीन जनाबिच कडा प्रतिस्पर्धा भएको थियो । भण्डारीले १४२ मत प्राप्त गरी निर्वाचित हुँदा सापकोटाले १३९ मत प्राप्त गरेका थिए । त्यस्तै कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गरेका हुन्।