२६ जेठ, काठमाडौं । सुदन गुरुङ फेरि गृहमन्त्रीमा फर्कने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
आज दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।
वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
उनको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ





