समाचार

विपक्षीको अबरोध कायमै : प्रतिनिधिसभा बैठक आज पनि स्थगित, अब कहिले ?

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दलका सांसद अबरोध गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति प्रतिपक्षले आपत्ति जनाउँदै अवरोध गरेपछि बैठक बुधबारसम्मलाई स्थगन गरिएको हो ।

सभामुख डोलप्रसाद (डीपी)अर्यालले अर्को बैठक जेठ २७ गते बिहान ११ बजे बस्ने बताए ।

नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षीले संसद्‌मा पाँच मिनेट मौनधारणा गरेका थिए । ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मौनधारणा गरिएको हो ।

प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्तिमा माफी माग्नुपर्नेरसच्याउनुपर्ने माग प्रतिपक्षीको छ ।।