अन्तर्राष्ट्रिय

अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु

२६ जेठ, काठमाडौं ।  पूर्वी अफगानिस्तानमा एक व्यक्तिले पुरानो विस्फोटक सामग्री चलाउने क्रममा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्माल जिल्ला मा सोमबार साँझ भएको घटनामा पाँच बालबालिका, उक्त व्यक्ति र अर्का एक वयस्कको ज्यान गएको हो ।

स्थानीय बासिन्दाका अनुसार ती व्यक्तिले विस्फोटक सामग्रीबाट केही निकालेर बेच्ने प्रयास गरिरहेका थिए। त्यही क्रममा अचानक विस्फोट भएको थियो। विस्फोट हुँदा उनका बालबालिकासमेत नजिकै रहेका थिए । विस्फोटपछि घटनास्थलमा पुगेका स्थानीयले पीडितहरूको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन् ।

घटनामा केही अन्य व्यक्ति पनि घाइते भएका छन् । दशकौँदेखि युद्ध र द्वन्द्वका कारण अफगानिस्तानका विभिन्न क्षेत्रमा यस्ता खतरनाक विस्फोटक सामग्रीहरू अझै बाँकी रहेका छन् । —