ब्रेकिङ न्युज

ज्ञानेन्द्र शाहीको दाबी : संसदीय समितिमा अर्थमन्त्रीले झुट बोले

२८ जेठ, काठमाडौँ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर छलीका विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन्।

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता शाहीले भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेकाले संसदीय छानविन समिति आवश्यक रहेको बताए।

अर्थमन्त्रीलाई काम गर्न नदिनका लागि नभइ सुशासनको पक्षमा अघि बढ्नका लागि आफुहरुले संसदीय समितिको माग गरेको उनले बताए।

उनाले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा जेठ १४ गते पास भएर २१ गते विधुतीय गाडी आउनुले करका दर अगाडी नै चुहिएको आशंका व्यक्त गरे।

यसअघि पनि विधुतीय गाडीको क्षमता तलमाथि गरेर तातोपानी, कोराला नाका र रसुवागढीबाट आयात गरेको बिषयमा महालेखा परीक्षक कार्यालयले छानविन गर्न भनेको उनले बताए