ब्रेकिङ न्युज

बालेन सरकारको १०० दिने उपलब्धि सार्वजनिक, के भन्छ सरकार ?

२० असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरेको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले पहिलो १०० दिनमा भएका प्रमुख काम, नीतिगत निर्णय तथा कार्यप्रगतिबारे जानकारी गराइरहेको छ।

सरकार गठनसँगै सार्वजनिक गरिएको १०० दिने कार्यसूचीलाई आधार बनाएर विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन गरिएका कार्यक्रम, सेवा सुधारका पहल र प्रशासनिक उपलब्धिहरू पत्रकार सम्मेलनमा प्रस्तुत भइरहेका छन्।

सरकारले कार्यकालको सुरुवातमै स्पष्ट लक्ष्यसहित १०० बुँदे कार्ययोजना अघि सारेको थियो। सोही कार्ययोजनाको प्रगति, उपलब्धि र कार्यान्वयन अवस्थाबारे आज विस्तृत जानकारी दिइँदैछ।

सरकारको १०० दिने कार्यसम्पादनलाई लिएर सत्तापक्षले उपलब्धिमूलक रहेको दाबी गरिरहँदा प्रतिपक्षले भने कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप लगाइरहेको छ।