ब्रेकिङ न्युज

बालेन र स्वर्णिमको विरोधाभासमा शंकर पोखरेलको कडा प्रहार : यही हो पपुलिजमको असली रूप

२२ असार, काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले चुनावी वाचा र सत्तामा पुगेपछिको व्यवहारबीचको भिन्नतालाई पपुलिजम (सस्तो लोकप्रियता) को एउटा रूपू भन्दै टिप्पणी गरेका हुन्।

पोखरेलले बालेन्द्र शाहले चुनावका बेला जनतालाई दिएको आश्वासन र अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई तुलना गर्दै यसलाई पपुलिजमको पराकाष्ठा भनेका छन्।

उनले चुनावका बेला बालेन्द्र शाहले गोजीमा पैसा नभएका जनताले पनि पढ्न र स्वास्थ्य उपचार पाउनुपर्छ, यही हो हाम्रो एजेन्डा भन्दै लोकप्रिय नारा दिएको स्मरण गराएका छन्।

तर, अहिले सत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुगेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले ३५ सय रुपैयाँ बीमा शुल्क लिएर १ लाखको उपचार गराउन सम्भव छैन भन्दै चुनावी वाचाको विपरित तर्क गरिरहेको पोखरेलको आरोप छ।

महासचिव पोखरेलले अगाडि लेखेका छन्, ूतल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर ल्याइएको हो भन्ने जस्ता तर्कहरू सुन्दा चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुराले पपुलिजम के रहेछ भन्ने प्रष्ट पारेको छ।

उनले जनभावना विपरीतका यस्ता नीति र निर्णयहरूको जनस्तरबाट व्यापक विरोध हुँदा समेत प्रधानमन्त्री बालेन्द्र शाहले ढुक्क हुनुस्, देश बन्छ ! भन्दै जनतालाई ढाँटिरहेको भन्दै अचम्म प्रकट गरेका छन्।

यो टिप्पणीले नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएका दलहरूले जनताको भावनालाई उत्तेजित पारेर भोट बटुल्ने तर सत्तामा पुगेपछि यथार्थपरक समाधान दिनुको सट्टा पुरानै ढर्रामा चल्ने गरेको पोखरेलको निष्कर्ष छ।

उनले यस्ता पपुलिस्ट प्रवृत्तिले दीर्घकालमा देशलाई हित नगर्ने र जनविश्वासमाथि घात हुने संकेत गरेका छन्।

पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना र नयाँ कर नीतिहरूको विषयलाई लिएर सरकार र प्रतिपक्षबीचको बहस तातिरहेका बेला पोखरेलको यो टिप्पणी आएको हो।