२२ असार, काठमाडौं । श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार गम्भीर घाइतेहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।
आइतबार दिउँसो करिब १ बजे कैदीका दुई समूहबीच झडप भएपछि घटना सुरु भएको थियो। स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः हिंसा भड्किएको बताइएको छ।
मृतक तथा घाइतेमध्ये कारागारका अधिकारी र सुरक्षाकर्मीहरू पनि रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





