२५ असार, काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०८३ का केही बुँदाहरू संविधानसँग बाझिएको भन्दै नेपाली काँग्रेसले आज सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
आज राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त, सचेतक पदम परियार, प्रतिनिधि सभा उपनेता अभिषेक प्रसाद शाह, प्रमुख सचेतक वासना थापाले संयुक्त रूपमा निवेदन दिएका हुन् ।
निवेदनमा संसद् सचिवालय, कानुन मन्त्रालय, सभामुख, नियमावली मस्यौदा संयोजकलगायतलाई विपक्षी बनाइएको छ ।




