आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा महँगिएका छन्।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३७ र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा छ।त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ६९ र बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।