१ साउन, काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी २७ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका छन् ।
उक्त मुद्दामा तीन दिन कैद र रु चार लाख जरिवाना ठहर भई फरार रहेका वीरगञ्ज महानगरपालिका–१४ निवासी पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आज स्थानीय श्रीपुरबाट पक्राउ गरेको हो ।
निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।




