जनकपुरधाम । धनुषाको जनकपुरधाममा आगलागिका कारण ३ वटा होटल जलेर ध्वस्त भएका छन् । आज बिहान आढाई बजेतिर आगलागि शुरु भएपछि नजिकै भएका ८ वटा ज्ञास सिलिण्डर पडिकएपछि आगलागिले उग्र रुप लिन शुरु गरेको बताईएको छ ।
प्रहरीको प्रारम्भीक अनुसंधानका अनुसार फ्रिजको तार शर्ट भएर आगलागि शुरु भएको थियो । जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी आगो निभाउन दमकलसहित सकृय भएका थिए । बिहानसम्ममा आगलागि नियन्त्रण भएपनि आगलागीको खास कारण पत्ता लगाउन लागी परेको धनुषा जिल्ला प्रहरी प्रमुख शेखर खनालले बताए । आगलागीमा मानवीय क्षतीको बिबरण भने अहिलेसम्म आएको छैन ।





