समाचार

छुट्टा–छुट्टै दुई स्थानबाट १६ जुवाडे प्रहरी नियन्त्रमा

भत्तपुर । जुवातास खेलीरहेको अवस्थामा प्रहरीले छुट्टा–छुट्टै दुई स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ ।

सूर्य्विनायक नगरपालिका–६ सूर्य्विनायकस्थित हरिबहादुर खड्काको घरमा गएराति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो ।

जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन ।

त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले बताएका छन ।