आर्थिक

मुक्तिनाथ बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन आज हस्तान्तरण गरेको छ ।

यसका साथै बैंकले १००० थानपकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्यश्री नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले काठमार्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष भरत लाल श्रेष्ठ रमहानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र नाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थिए ।

यस हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द बहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडाल देवीका अध्यक्ष राम प्रसाद न्यौपाने लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथा प्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । कार्य क्रममा अतिथिहरुले सामाजिक कार्यमा बैंकको सहभागीता उदारणीय रहेको भन्दै आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्‍याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंक लि.ले देशै भरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ए.टि.ए.म बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।