नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर हामी मिल्यौं भनेर मात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य पनि नहुने बताएका छन्।
उनले नेताहरुको कार्यशैलीमा परिबर्तन नआए सम्म पार्टी भित्रको तिक्तता नमेटिने बताएका छन्। डा कोइरालाले बिभिन्न निर्वाचनको टिकट बितरणमा पार्टीबाट गल्ती र कमि–कमजोरी भएको स्विकार गर्दै डा कोइरालाले अबका दिनमा कार्यकर्तामाथी कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता जनाए।
नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा मंगलबार संबोधन गर्दै डा कोइरालाले १४औं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी र भागबण्डाको राजनीतिको अन्त्य हुने पनी बताए।
नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले राष्ट्रपति बिद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवाको कुरा बुझिन भनेर गलत गरेको बताएका छन् । राष्ट्रपति भण्डारीले सभापति देउवाको कुरा नबुझ्ने भन्नु केपी ओलीको भाषा बुझ्नु भन्ने कुरा आफूहरुले बुझेको बताए
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापती जगदिश्वर नरसिंह केसी, पुर्व सांसद डा शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधीहरु-शिबराज अधिकारी, डा राजाराम कार्की, जीवन डङ्गोल, बिनिता अधिकारी, तरुण दलका नेता भुपेन्द्रजंङ् शाही लगायतले मन्तब्य राखेका थिए।





