दैलेख । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकार सँग माग गरेका छन्। उनले सुदुर पश्चिम् र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताएका हुन्।
बुधबार दैलेखको राकममा नेपाली कांग्रेसका नेताकार्यकर्तासँग भेटघाट गर्दै सहमहामन्त्री महतले सुदुर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल जरुरी रहेको तर्क गरे। कर्णाली र सुदुरका जिल्लाका जनताले सिटामोल सम्म खान नपाएर तड्पी रहेको बेला सरकार मुक दशक बनेको पनि सहमहामन्त्री महतले आरोप लगाए। उनले मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरका रुपमा राकम बजारलाई बिकाश गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे। सहमहामन्त्री महतले भने ‘हामी सबै तिर बिकास गरौं भनिरहेका छौ सरकार भने हाम्रो कुरालाई बेवास्ता गर्दै भ्रष्टाचार लिप्त छ’।
नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकार संस्थागत भ्रष्टाचार चुरलुम्म डुबेको सहमहामन्त्री महतको निष्कर्ष थियो।





