काठमाडौं । सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई आज जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको छ । मंसिर ३० गते बसेको मन्त्रीपरिषद्को बैठकवाट भएको निर्णयअनुसार थापालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।
उपरथी थापालाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह-संयोजकको जिम्मेवारीसमेत दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।




