काठमाडौं । एकदिन ६ लाख र अर्कोदिन ८ लाख थानसहित कालोबजारी गर्नेहरु पक्राउ गर्ने अप्रेशन चलाएको नेपाल प्रहरीले आज १० लाख थान माक्ससहित एकजना पक्राउ गरेको छ ।
माक्स तस्करीमा सकृय रहेका बिनोद न्यौपानेलाई प्रहरीले काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको जनाईएको छ । अपराध माहासाखा काठमाडौंले पक्राउ गरेका न्यौपाने गोरखाका भएको बताईएको छ ।
आपूर्ति मन्त्री लेखराज भट्ट, गृहमन्त्री रामबहादुर थापा, महानगरीय प्रहरी प्रमुख डिआईजी विश्वराज पोख्रेल लगायत सरकारी निकायका प्रतिनिधिहरुले कालोबजारी गर्नेलाई कारबाही गर्ने बताएसँग दिनहँ माकस कालोबजारी गर्ने पक्राउ परिरहेका छन्।





