काठमाडौं । पम्पमा ४ हजार लिटर पेट्रोल भएर पनि पेट्रोल नभएको बताउदै कालोबजारी गर्ने काठमाडौंको मैतिदेबीको मैतिदेबी पेट्रोल पम्पलाई आयल निगम र वालिज्य बिभागको टोलीले संयुक्त अनुगमनबाट २ लाख रुपैयाँ जरिवाना गराएक छन् ।
कारोनान भाईरस संक्रमणको समयमा कालोबजारीलाई प्रशय दिनेबिरुद्ध कारबाही अभियानस्वरुप अनुगमन गर्दा पेट्रोल पम्पले कालोबजारी गरेको भेटिएकोले सम्बन्धीत निकायले अनुगमन गर्दा कारबाही गरेको हो । विभागका अनुगमन निरीक्षक दिपक पोखरेलका अनुसार मैतिदेबी पेट्रोल पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति १० बजे नै जरिवाना गरिएको हो ।
आयल निगम र बाणिज्य बिभागको पेट्रोलीयम पदार्थमाथी कालोबजारी गर्नेबिरुद्ध कडा कारबाही हुने बताएका छन् । उनले मंगलबार नै मिडियामार्फत उक्त कुरा बताएका हुन् । पौडेलको कालोबजारीयालाई कारबाही अभियान अन्तर्गत उक्त पेट्रोल पम्प कारबाहीमा परेको हो ।





