२ बैसाख, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको कारण अहिले संसारभरि आतंक फैलिएको छ। यो रोग निवारणकाको लागि अहिलेसम्म कुनै भ्याक्सिन बनिसकेको छैन। यसर्थ यसबाट बच्ने र बचाउने उपाय केबल लकडाउन हो, अहिले सारा विश्वभरका मान्छेहरु घर भित्रै बस्न बाध्य छन्। एकातर्फ लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआय भएका, ज्यालादारीमा रोजीरोटि चलाउने र हुँदा खानेहरुमा परेको छ।
यसकारण सम्पुर्ण समाजसेवी, राजनीतिकर्मि, व्यावसायि, पेशाकर्मि, बुद्धिजीवीहरुबाट कोभिड–१९ आपतकालीन खाद्यान्न संकलन अभियानले संकलन गरेको खाद्यान्न आज पहिलो चरणमा वितरण गरेको छ।
वितरण भएका संघसंस्थाहरु वृद्दा आश्रम, बाल आश्रम, शारीरिक दुर्बलता भएकाहरुको संस्था, दृष्टि बिहिन संघसंस्था लगाएतमा वितरण भएको छ। युवाहरूको अभियानले उठाएका राहत विभिन्न राजनीतिक दलहरूको उपस्थितिमा वितरण भएको छ।
१)अपांग केन्द्र तार्केस्वर –५ (१५ बोरा चामल, १० प्याकेट नुन)
२) नवजिवन परोपकार संस्था तार्केस्वर (७, १५ बोरा चामल , १० प्याकेट नुन)
३० दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर –५ (१० बोरा चामल ,२.५ लिटर तेल, १० प्याकेट नुन)
४) लाइफ फर नेसन तार्केस्वर –६ ( १५ बोरा चामल , १० प्याकेट नुन)
५) नेपाल मानव सेवा संस्था तार्केस्वर–८ (१५ बोरा चामल, १० प्याकेट नुन)
नेकपा तारकेश्वर नगर कमिटीका अध्यक्ष लवकुमार वस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गि, नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाका नगर सभापति श्रीराम थापा र राप्रपाका तारकेश्वर नगरपालिकाका नगर अध्यक्ष राजकुमार खड्का लगायतको उपस्थिति थियो।
कोभिड –१९ आपतकालीन खाद्यान्न संकलन अभियानका अभियन्तहरु श्यामकृष्ण सापकोटा, हरि तिमिल्सिना, कविराज बस्नेत, भुवानीप्रसाद तिमिल्सिना, परोपकार अधिकारी, दिपेश थापा, सुन्दर श्रेष्ठ, नविन महर्जन, बिनोद देवकोटा, दिनेश लामा लगाएतको आव्हानमा खाद्यान्न संकलन अभियान थालिएको थियो।





