बैसाख ४, काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले सरकारका लागि एक छाकका लागि तड्पिरहेका यि मज्दूरहरुलाई पहिले राहत कि सुकुम्बासी आयोग ? भन्दै प्रश्न गरेका छन् । कोरोना माहामारीले पुरै बिश्व नै आक्रान्त भईरहेका बेला हिजो सुकुम्बासी आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेपछि नेता गुरुङले काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर भनेको यहि हो भन्ने संज्ञा दिएका छन् । उनले यतिखेर कोरोना नियन्त्रण, बिपतमा परेकालाई उद्वार र भोकमरी बिरुद्वको योजना बनाउँदै युद्वस्तरमा भिड्ने कि सुकुम्बासी आयोग गठन गरेर आसेपासेलाई जागिर दिने ? भन्दै नेकपा अध्यक्ष केपी शर्मँ ओली नेतृत्वको सरकारलाई गम्भीर प्रश्न गरेका छन् । एउटा दर्दना तस्विर समेत पोष्ट गर्दै नेता गुरुङ सरकारले सुकुम्बासी आयोगमा राजनीतिक नियुक्ती गरेको प्रति भावुक बनेका छन् ।
उनको स्टाट्सः काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर भनेको यहि हो। यतिखेर कोरोना नियन्त्रण, बिपतमा परेकालाई उद्वार र भोकमरी बिरुद्वको योजना बनाउँदै युद्वस्तरमा भिड्ने कि सुकुम्बासी आयोग गठन गरेर आसेपासेलाई जागिर दिने ? एक छाकका लागि तड्पिरहेका यि मज्दूरहरुलाई पहिले राहत कि सुकुम्बासी आयोग ?






