१२ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघ (नेविसंघ) बिहानै देशैभरीको सडकमा उत्रिएको छ ।
सरकारले ल्याएको अध्यादेशको बिरोधमा आज (शुक्रबार) बिहानै नेविसंघले बिरोध गरेको छ । बिहानै सडकमा उत्रिएको नेविसंघले सरकारले ल्याएको अध्यक्षदेश गलन भएको भन्दै तत्काल फिर्ताको माग गरेको छ ।
संगठनका अध्यक्ष राजिव ढुंगानाले सोमबार सरकारले ल्याएको दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभरी पर्दशन गरेको जानकारी दिएका छन् ।
कोरोनाको संक्रमणको समाजिक दुरी कायम गर्दै काठमाडौंको उपत्यकाका विभिनन स्थानमा पर्दशन गर्दै विधेक फिर्ताको माग गरेको बताए ।
यसअघि बिहीबार बिहान नेबिसंघका पूर्व अध्यक्ष तथा युवा नेता रन्जित कर्णको नेतृत्वमा विध्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।





