पु.समाचार

नेकपा सचिवालय बैठकः प्रधानमन्त्रीको राजीनामा/स्थायी समिति बैठकको निर्णय के होला ?

२० बैसाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ ।

पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेनगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठक शुरु हुनुभन्दा अगाडी राष्ट्रपति बिद्यादेबी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । सचिवालयमा रहेका ९ जना सदस्य सबै बैठकमा उपस्थित छन् । स्थायी समिति बैठक बोलाउने वा प्रधानमन्त्रीलाई आफ्नो पदबाट राजीनामा गराउने बिषयमा महत्वपूर्ण निर्णय हुने सम्भाबना आजको बैठकमा रहेको छ । १८ गतेको सचिवालय बैठकमा खास निर्णय हुन नसकेपछि आजका लागि बैठक सारिएको थियो ।