पु.समाचार

नेकपाको स्थायी समिति बैठक बैसाख २५ गते, प्रधानमन्मन्त्रीले गरे सच्चिने प्रतिबद्धता

२० बैसाख, काठमाडौं । नेकपाको आज बसेको सचिवालय बैठकले २५ बैसाखमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको छ । २५ गते स्थायी समिति बैठक बस्ने भनिएपनि २४ गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको नेकपा प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दबाब दिइरहेका समूहलाई उनले आफ्नो समर्थनमा ल्याउन आन्तरिक रुपमा प्रयास गरिरहेका छन् । सचिवालय बैठकमा आज भएन महत्वपूर्ण निर्णय ।

बैठकमा बिभिन्न गल्तिहरु दोहोर्याईरहेको भनेर बिभिन्न सदस्यहरुले आरोप लगाएपछि प्रधनमन्त्री केपी शर्मा ओलीले आत्मा आलेचना गरेका थिए । सच्चिने प्रतिबद्धतासहित आएको आत्माआलोचनापछि सदस्यहरु चुप भएका थिए ।

सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको केन्द्रीय सचिवालय बैठकले बुधबार अपराह्न ३ः०० बजे केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकको तयारीका निम्ति उक्त बैठक हुनेछ । साथै आजैको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए ।

उनले नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष दहाल र अन्य नेताहरुले आत्मालोचना गरेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशनसमेत दिएको बताए ।

पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुनेछ ।

बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताए। उनले कोरोनाका कारण उत्पन्न आर्थिक सङ्कटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले बताए ।