समाचार

एकैदिन १६ जनामा कोरोना देखिएपछि उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउन फेरी थप्ला ?

२२ बैशाख काठमाडौं । मुलुकभर कोरोना नियन्त्रण तथा रोकथामका विषयमा भईरहेका कामको बारेमा छलफल गर्न उच्चस्तरीय समितिको बैठक आज बस्दै छ । आईतबार एकैदिन नेपालमा १६ जनामा कोरोना भेटिएको अर्काे दिन आज बैठक बस्न लागेको हो ।

सिंहदरबार स्थित मन्त्रिपरिषदको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकले मुलुकमा कोरोनाको प्रकोप झन–झन बढ्दै गएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा पछि छलफल गर्ने छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले कोरोना माहामारीको विषयसंगै आगामी रणनिति पनि तय गर्ने छ ।

आजको बैठकमा मुलुकमा जारी लकडाउनको विषयमा पनि छलफल हुने । कोरोना नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखी देशव्यापी लकडाउनको घोषणा गरेको थियो । चरणबद्ध जारी लकडाउन २५ गते सकिदै छ । सरकारको लकडाउन बढाउने कि मोडालिटि परिवर्तन गर्ने भन्ने बहस चलिरहेको छ ।

यस्तै सरकारले लकडाउनका कारण कोरोना नियन्त्रणमा रहेको दाबी पनि गदै आएको छ । नेपालमा हालसम्म ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।