उदयपुर । त्रियुगा नगरपालीकाले जारी लकडाउनका कारण मर्कामा परेका व्यापारीलाई राहत स्वरुप घरभाडा मिनाहा गर्ने निर्णय गरेको छ । कोरोनाका कारण गत चैत्र ११ गतेदेखी जारी लकडाउन सरकारले थप गरेपछि उदयपुरको सदरुकाम त्रियुगा नगरपालीकाले घरबहाल कर नलिने भन्दै घरभाडामा छुट गर्न पनि घरधनिलाई आग्रह गरिएको छ ।
नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार लकडाउनले मर्माहत भएका व्यापारी व्यवसायीलाई राहतस्वरुप चैतदेखि असारसम्मको बहाल कर नलिने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले बताएका छन् । उनका अनुसार रिक्सा, अटो र ठेलागाडाको पार्किङ शुल्क आर्थिकवर्ष ०७६–७७ र ०७७–७८ सम्मकै नलिने निर्णय पनि नगरपालिकाले गरेको छ ।
बैठकपछि मेयर चौधरीद्वारा जारी विज्ञप्तिमा नगरभित्रका साना तथा मझौला घरेलु उद्योग दर्ता र नवीकरणमा ५० प्रतिशत कर छुट गर्ने निर्णय समेत गरेको उल्लेख छ । यस्तै भुल्केका २८ जनका संक्रमण देखिएपछि कोरोनाले आक्रान्त बनेको सिंगो नगरपालीकाको नगरक्षेत्रका व्यवसायी, र अटो टेम्पो चालकलाईपनि कर छुट दिने निर्णय गरेको छ ।
मेयर चौधरीले नगरपालिकाका सम्पूर्ण घरधनीलाई लकडाउनभरीको घरभाडा नलिन पनि आग्रह समेत गरेका छन् ।





