६ जेठ, काठमाडौं । ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका डाक्डरलाई कोरोना संक्रमण भएको छ । २७ जनालाई कोरोना भएको पुष्टी भएकोमा एकजना ललितपुरका स्वास्थ्यकर्मीलाई कोरोना भएको भनिएकोमा उर्न डाक्टर रहेको खुलेको छ ।
कपिलबस्तुमा कोरोना संक्रमीतको कन्ट्याक्ट ट्रेसिङ गर्न गएका बेला सरेको अनुमान गरिएको डाक्टर भन्द्या अगाडी कुनै पनि डाक्टरलाई कोरोना संक्रमणको पुष्टी भएको थिएन भने यस अघि एकजना नर्शलाई भने संक्रमण भेटिएको थियो ।
डाक्टरलाई समेत कोरोना संक्रमण भेटिएको पुष्टी भएपछि स्वास्थ्य क्षेत्र पनि तनावमा रहेको छ । नाम, थर, र फोटो भने खुलाउन नमिल्ने भएकोले राखिएको छैन ।





