७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्ब मन्त्री वीर बहादुर बलायरले कोरोनाको खतरानाक पिडामा आज विश्व आतङ्कित रहेको बेलामा नेपाल सरकार लोकप्रिय भाषण र दम्भ गरेर मात्रा हिंडेको आरोप लगाएका छन् ।
नेता बलायरले फेसबुक पेजमा स्टाटस् लेख्दै कोरोनाको उत्पत्ती भुमी चीनको वुहानबाट प्लेन chartered गरी नेपालीलाई देश भित्रौदा सरकार जनता प्रति उत्तरदायी छ भन्ने भान भएको थियो तर आज सरकारले निर्माण गरेका quarantineहरुको हालत, सन्क्रमित मानिसहरुको अवस्था, उपचार र खान्पिन हेर्दा सरकार कता छ, के गर्दै छ ? भन्दै प्रश्न गरेका छन् ।
बलायरले आक्रोश पोखेका छन्, ‘चीनबाट त्यती ठुलो लागनी गरेर नेपाली जनतालाई ल्याउने सरकार किन आज भारतबाट आफ्नै खर्चबाट घर फर्केका मानिसहरु, जो परिवार र बालबच्चाका साथ सिमामा आइपुगेका छन् र अत्यन्त पिडा र अपमानित छन्, तिनीहरुलाई सरकार किन भित्रायाइ राखेको छैन ।’
नेता बलायरको आफ्नै शब्दमाः कोरोनाको खतरानाक पिडामा आज विश्व आतङ्कित रहेको बेलामा नेपाल सरकार लोकप्रिय भाषण र दम्भ गरेर मात्रा हिंडेको छ। कोरोनाको उत्पत्ती भुमी चीनको वुहानबाट प्लेन chartered गरी नेपालीलाई देश भित्रौदा सरकार जनता प्रति उत्तरदायी छ भन्ने भान भएको थियो तर आज सरकारले निर्माण गरेका quarantine हरुको हालत, सन्क्रमित मानिसहरुको अवस्था, उपचार र खान्पिन हेर्दा सरकार कता छ, के गर्दै छ, थाहा हुन सकेको छैन। अझ भन्ने हो भने नेपाल मात्र त्यस्तो देश भएको छ जसले quarantineमा संक्रमित मानिसलाई राखेर बिना उपचार मृत्यु बरण गराइयो, यस घटनाले झन सरकारको मन्साय उधाङो पारेको छ।
चीनबाट त्यती ठुलो लागनी गरेर नेपाली जनतालाई ल्याउने सरकार किन आज भारतबाट आफ्नै खर्चबाट घर फर्केका मानिसहरु, जो परिवार र बालबच्चाका साथ सिमामा आइपुगेका छन् र अत्यन्त पिडा र अपमानित छन, तिनीहरुलाई सरकार किन भित्रायाइ राखेको छैन ? यदि यो परिस्थितिका बारेमा सरकार सम्बेदनशील हुन सकेन भने वाध्य भएर देश भित्रका जनताले नयाँ कदम उठाउन वाध्य हुने छन् र समुद्र पारीका पीडित जनतालाई यस्तो सरकारले देश फर्कऊछ भन्ने विश्वाश मरेर जानेछ। लोकप्रिय सरकार आफना अलोकप्रियतासँग डरायर मौनतामा Lockdown मात्र गर्दैछ, जो धेरै दिन चल्ने छैन। भलो हुने छ बेलैमा होश पुराए !!
जय नेपाल !!





