२२ जेठ, काठमाडौं । आज ३३४ जना आज कोरोना संक्रमीत थपीएका छन् । यसमा पुरुष ३१९ जना रहेका छन् भने महिला १५ रहेका छन् ।
नेपालमा कोरोना संक्रमीतको जम्मा संख्या २६३४ पुगेको छ । संक्रमीतमध्ये महिला १८४ जना रहेका छन् भने बाँकी सबै पुरुष छन् । स्वास्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजको पत्रकार सम्मेलनमार्फत पुष्टी गरेका छन् ।
पाल्पाको पुर्ब खोलामा भारतबाट ५ दिन अघि आएका ४५ बर्षिया पुरुष पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए । उनको २० गते निधन भएपनि स्वाव संकलन अनुसार कोरोनाबाट निधन भएको पुष्टी भईसकेको छ । उनको मृत्युपछि नेपालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।





