पु.समाचार

पत्रकारलाई समाचार संकलन/ संप्रेशणमा अबरोध नगर्न अध्यक्ष बस्नेतको आग्रह

२२ जेठ, काठमाडौं । दलित पत्रकार संघ कर्णली प्रदेशका पत्रकार खगेन्द्र कुमार र पत्रकार महासँघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र बिश्वकर्मा समाचार सम्प्रेशणका क्रममा सल्यानको सल्ली बजारमा रोकिएको घटनामा तरुण दलले बिरोध जनाएको छ ।

दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले पे्रश स्वतन्त्रता र संबैधानिक अधिकारको उलंघन भएको भन्दै समाचार संकलन र सम्प्रेशणमा बाधा पुर्याएको भन्दै खेद ब्यक्त गरेका छन् ।