३ असार काठमाडौं । नेपाल विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिरकणको प्रस्तावलाई केही हेरफेर गर्दै विद्युतकाको नयाँ महशुल दर निर्धारण गरेको छ । आयोगले असार १ गतेदेखि नै लागू हुने गरि बिजुलीको महशुल दर समायोजन गरेको हो ।
आयोगले घरायसी ग्राहकको विद्युत् महशुल दर साविकको तुलनामा घटाएर समायोजन गरेको छ । आयोगकाअनुसार अब ५ एम्पियर लाइन लिएर मासिक न्यूनतम १० युनिटसम्म खपतगर्ने ग्राहकले निःशुल्क रुपमा बिजुली पाउने छन् । तर उनीहरुले मासिक रू.३० डिमान्ड शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै ११ देखि २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले प्रतियुनिट रू.३ विद्युत् महशुल तिर्नुपर्ने छ । उनीहरुले डिमान्डशुल्क रू.३० तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरि २१ देखि ३० युनिटसम्म खपतगर्ने ग्राहकले रू.५० इनर्जी शुल्कसहित प्रतियुनिट रू.६ र ५० पैसाका दरले विजुलीको महशुल तिर्नुपर्ने छ ।
साथै योभन्दा बढी विद्युत् खपत गर्नेलाई तोकिएको बमोजिम महशुल निर्धारण गरिने छ । आयोगले घरायसी १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुलीलाइन लिने ग्राहककालागि फरक– फरक महशुल दर निर्धारण गरेको छ । यस्तै नेपाल विदुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले सरदर १० प्रतिशत विद्युत महसुलदर घटेको बताएका छन् ।
हेर्नुहोस् सुचीमाः







