पु.समाचार

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्युः जम्मा मृतक संङ्ख्या ४०

२ साउन काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । बीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ वर्षका कोरोना संक्रमीत बृद्धको मृत्यु भएको हो ।

मधुमेह, उच्च रक्तचाप र मुटुको रोगको उपचारका लागि अस्पताल भर्ना भएका बृद्धको पिसिआर परिक्षणगर्दा बिहिबार कोरोना संक्रमण पोजेटिभ आएको थियो ।

संक्रमण पुष्टि भएपनि आईसोलेशनमा उपचाररत सप्तरी राजविराज नगरपालिका १ घर भएका ति बृद्धको बिहिबार मृत्यु भएको हो । उनको सवलाई प्लास्टिकले बेरेर राखिएको बताईएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए ।