१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक लगत्तै दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र कांग्रेस सिभापती देउवा छलफलमा जुटेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जनाईएको छ । नेकपा सचिवालय बैठक चल्दै गर्दा देउवा बालुवाटार छिरेका थिए ।
अहिले तीन नेताबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएका छ । तीन नेताबीच संवैधानिक निकायका नियुक्ति, कोरोना संक्रमण न्यूनीकरणलगायत विषयमा छलफल केन्द्रित रहेको हुनसक्ने स्रोतको दाबी छ ।





