२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकारले किसानहरुका लागि मलको जोहो गर्न नसकेको प्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले धान रोपाई गरेका किसानलाई युरिया मल उपलब्ध गरउन नसकेको भन्दै जारी गरेको विज्ञप्ति तर्फ इंगित गर्दै नेता गुरुङले धान सरकारको बक्तव्यले नभई मलले फल्ने टिप्पणी गरेका छन् ।
कृषि मन्त्रालयले सोमार किसानलाई युरिया मल उपलब्ध गराउन नसक्दा दुःखी भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । नेता गुरुङले यतिबोला किसानलाई सरकारको अकर्मण्यता ढाकछोप गर्ने बक्तव्य नभई मल चाहिएको बताएका छन् ।
उनको ट्वीटः सरकारको बक्तव्यले धान फल्दैन । धान फलाउन मल नै चाहिन्छ । किसानलाई मल चाहिएको हो, सरकारको अकर्मण्यता ढाकछोप गर्ने बक्तव्य हैन ।






