पु.समाचार

सुरक्षाकर्मीमा कोरोण संक्रमण बढ्दैः पर्सामा ७ प्रहरि सहित ६६ जना संक्रमित

२ भदौ, काठमाडौं । लकडाउन खुलेयता नेपालमा कोरोना संक्रमण तिब्र बृद्धि भएको छ । यस्मा पनि बारा, पर्सा र विरगंञ्ज त झनै कोरोनाको हटस्पट बन्दै गएको छ । कोरोना संक्रमित हुनेहरुमा पनि सबैभन्दा धेरै फ्रन्ट लाईनमा भएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी रहेका छन् । पर्सामा एकैसाथ ७ जना प्रहरिमा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाले सोमबार राति सार्वजनिक गरेको परिपोर्ट अनुसार ७ प्रहरी सहित ६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा १७ जना महिला पनि संक्रमित भएका छन् । साथै २५ जना संक्रमित पर्साको बहुदरमाई नगरपलिकाका स्थानीय बासिन्दा रहेको खुलेको छ ।

कन्ट्याक ट्रेसिङमा गत साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकिमा ७७ जनाको स्वाब संकलन गरिएकोमा २५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै जिल्ला प्रहरी कार्यालउ पर्साका ५ जना र वडा प्रहरी कार्यालयका विर्ताका २ जना गरी ७ जना प्रहरी संक्रमित भएको डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।

यस्तै संक्रमित हुनेहरुमा अन्यमा वीरगन्ज महानगरपालिका–१० मुर्ति चोकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको छपकैयका ५ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये ९ जना बाराका बासिन्दा हुन् ।

बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढ ७ मा एक र कलैया–६ मा एकजना संक्रमित थपिएका छन् । नेपलमा अहिले कोरोनाको संक्रमण तिब्र भएको छ ।