समाचार

चितवनका २० जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

३ भदौ, चितवन । चितवनका २० जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरिएको ५०० जनाको परीक्षणमा ४७० जनाको नेगेटिभ नतिजा आएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १२, राप्ती नगरपालिकाका २, खैरहनीका ५ र रत्ननगरका १ जना रहेका छन् । ३० जनामध्ये अन्य १० जना चितवन बाहिरका रहेका छन् ।

त्यस्तै मंगलबार राति नै गरिएको परीक्षणमा नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।