३ भदौ, काठमाडौं । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियोका गाएत सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन अघि मंगल होप नामक युट्युब च्यानलबाट एउटा गितमा राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि चौतर्फि बिरोध भएको थियो ।
र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।
साथै युटुवमा भिडियो अपलोड हुनासाथ भने झण्डा जलाउनेहरुलाई कारबाहिको माग समेत चारैतिरबाट आएकोे थियो । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् ।
साथै अहिले विभिन्न सामाजिक सञ्जालहरुमा पनि उक्त गितलाई लिएर विभिन्न टिका टिप्पणी भईरहेका छन् । सबैतिरबाट तत्काल यो गित तयार पार्नेलाई पक्राउ गरी कारबाहिको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराईरहेका छन् ।





