पु.समाचार

नेपालमा आज ठुलो संङ्ख्यामा कोरोना पुुष्टिः ७ सय वढी संक्रमित / ६ को मृत्यु

४ भदौ, काठमाडौं । नेपालमा आज फेरी ठुलो संङ्ख्यामा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । बिहीबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार

मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।