८ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयबीच आज हुने भनिएको बैठक अन्तिममा आएर स्थगीत भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेकपाले बनाएको ६ सदस्यीय कार्यदलले आईतबार प्रतिबेदन बुझाएको थियो ।
आज दिउँसो वालुवाटारमा दुई अध्यक्षबीच हुने भनिएको छलफलमा उक्त कार्यदलको १६ लघु प्रतिवेदनले दिएको सुझावलाई कार्यान्वयन गर्नेबारे छलफल हुने भनिएपनि आजको बैठक बस्दै नबसी स्थगीत भयो । कार्यदलले प्रतिवेदनमाफर्त नेतृत्वलाई विभिन्न सुझाव दिएको छ ।
पछिल्लो समय नेकपाका अध्यक्षद्वयबीचको जारी विवाद समाधानका लागि सुझाव दिनका महासचिव पौडेलको संयोजकत्वमा सदस्यहरु ओली गुटका पौडेल र शंकर पोखरेल, प्रचण्ड गुटका जर्नाद शर्मा र पम्फा भुषाल र माधव नेपालका सुरेन्द्र पाण्डे र भिम रावल रहेका छन् ।
दुई अधयक्षबीचको छलफलले तत्काल सचिवालय बैठक बोलाउन सक्ने र सरकार हेरफेरका विषयमा छलफल गर्ने बताईएको थियो । पुनः अध्यक्षद्वयबीच छलफल गरेर बैठक बस्ने प्रधानमन्त्री निकट श्रोतले बताएको छ ।





