१० भदौ, काठमाडौं । नेपालगञ्जमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक ३७ वर्षे पुरुषको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङघलेका अनुसार रुघाखोकि लागेर बिमारी परेका उनको राति १ः३० बजे मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालीका १ का ती पुरुष सामान्य रुघमखमेकि लागेपछि सोमबारदेखी अस्पतालमा उपचाररत थिए ।
यो संगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।





