१० भदौ, काठमाडौं । भरतपुरमा ३६ सहित चितवनमा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
भरतपुर अस्पताल कोभिड ल्याबमा गरिएको कोरोना परिक्षणमा २० महिला र १६ पुरुष सहित भरतपुर महानगरपालीकाका ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ५ देखी ५४ वर्ष उमेरका व्यक्तिहरु रहेका छन् ।
संक्रमितहरुमा भरतपुर माहानगरपालीकाका २,४,५,७,९,१०,११,१२,१४,१५ र १६ नम्बरका बासिन्दा रहेका छन् । यस्तै रत्ननगर नगरपालीका ३ जना र खैरहनी नगरपालीकामा १ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको गति समुदाय स्तरमै तिब्र रहेको छ । भने मृत्यु हुनेहरुको संङख्या पनि वढिरहेको छ ।





