१३ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण पाल्पामा एक महिलाको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारक क्रममा ३० वर्षे महिलाको मृत्यु भएको हो ।
गत भदौ ५ गते स्वास्थ्यमा समस्या आएपछि मेडिकल कलेज गएकी उनमा कोरोना संग मिल्लो लक्षण देएिपछि भदौ ७ गते गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पाल्पाको तानसेन नगरपालिका ८ मदन पोखराकी ३० वर्षे मृतक महिला मुटु रोगी पनि थिईन ।
कोरोना पुष्टि भएपछि आईसोलेशनमा उपचाररत महिलाको स्वास्थ्य समस्या जटिल बनेपछि शुक्रबार बिहानदेखी भेन्टिलेटरमा उपचार भईरहेकोमा साँझ साढे ६ बजे मृत्यु भएको थियो ।





