पु.समाचार

कोरोना संक्रमणका कारण वीरगञ्जमा थप दुई पुरुषको मृत्यु

१३ भदौ, वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप दुई पुरुषको मृत्यु भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका १२ निवासी ४३ वर्षे पुरुष र वीरगञ्ज २२ मनियारीमा ३७ वर्षका पुरुषको मृत्यु भएको हो ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो ।

सिकिस्त बिरामी रहेका उनको काठमाडौं ल्याउँदै गर्दा आज (शनिबार) बिहान मुग्लिङनजिकै मृत्यु भएको डा.चौरसियाले जानकारी दिएका छन् ।

त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताएका छन् ।

हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।