१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा एक प्रहरी निरिक्षक सहित एकैदिन ५० जना नयाँ कोरोना संक्रमित थफिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार ४ सय ४३ जनाको स्वाब परिक्षण गर्दा ५० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरुमा ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ महोत्तरी, २ सर्लाही र १/१ जना रौतहट र काठमाडैंका वासिन्दा हुन् । संक्रमित हुनेहरुमा १५ वर्षदेखी ५६ वर्ष उमेर समुहरका रहेका छन् । संक्रमित मध्य ५ जना महिला रहेका छन् । यस्तै कन्ट्याक टे«सिङका क्रकमा संक्रमण पुष्टि भएका हुन् ।
वीरगन्जको एक निजी अस्पतालमा कार्यरत थप एक चिकित्सकमा समेत कोरोना देखिएको छ । पर्साको पोखरिया नगरपालिका–३ मा ६ जना र वडा ४ मा चारजना कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाको भेडियारीमामा ३ जना संक्रमित थपिएका छन् ।
वीरगन्ज महानगरपालिका–१४ पिप्रामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको मुर्ली, नगवा, भिस्वा, विर्तामा पनि संक्रमित थपिएका छन् । पछिल्लो समय वीरगञ्ज कोरोनाको हटस्पट बनेको छ । त्यहाँ दैनिक जसो कोरोना संक्रमितहरु थपिई रहेका छन् ।





