पु.समाचार

नवलपरासीमा ३५ वर्षे कोरोना संक्रमित महिलाको मृत्यु

२० भदौ, परासि । कोरोना संक्रमणका कारण कोरोना विषेश अस्पताल बुटवल थप एक महिलाको मृत्यु भएको छ । पश्चिम नवलपरासि घर भएकी ३५ वर्षे महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पल्हिनन्दन पाउँपालीकाको गेर्मी घर भई माईतिघर प्रतापपुर गाउँपालिकामा गएको बेला उनको कोरोना संक्रमण पुष्टि भएको थियो ।

निमोनियाँको लक्षण देखिएपछि भदौ १७ गते बुटवल अस्पताल पठाईएको थियो । याृ संगै जिल्लामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।