स्वास्थ्य

नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमीत महिलाको मृत्य

२८ असोज, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार संक्रमित महिलाको उपचारका क्रममा मंगलबार साँझ करिब ७ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या रहेकी महिलाको आइतबार बेलुका स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको दाहालले जानकारी दिएका छन् । आइतबार बिहान मिर्गाैलाको डाइलासिसका लागि अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

तर कोरोना पोजिटिभ पुष्टि भएपछि महिलालाई नोबेलकै कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप, मधुमेह, र मिर्गाैलाको समस्या रहेकी ती महिलाको कोभिडमा उपचारका क्रममा मृत्यु भएको प्रबन्धक दाहालले बताए ।