३ कात्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाह आजदेखि बन्द गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले एक सूचना जारी गर्दै कोभिड– १९ को सङ्क्रमणको जोखिम बढेकाले हाललाई अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए।
उहाँले काउन्सिलका चार जना कर्मचारीलाई सङ्क्रमण देखिएकाले अन्य कर्मचारीमा समेत सङ्क्रमणको भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै दशैँ अगाडि सबै सेवा स्थागित गरिएको जानकारी दिए। “दशैँको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड– १९ को सङ्क्रमणले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनगर गरी क्षमता र परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आआफ्नो घरबाट अनलाइन उजरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरीबाहेक अन्य सेवा स्थगित गरिएको छ”, जारी सूचनामा भनिएको छ । काउन्सिलका एक अधिकृत, दुई वरिष्ठ सहायक र हलुका सवारी चालकलाई सङ्क्रमण देखिएको छ ।





